गोलबजार नगरपालिकाद्वारा ५ लाख ५५ हजार बढि आर्थिक सहयोग

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सिरहा- सिरहाको गोलबजार नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा अकस्मात् आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछिगोलबजार नगरपालिकाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको हो।

नगरपालिकाका अनुसार बाढी तथा प्राकृतिक विपद प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको हो। विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएकाले स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख श्यामकुमार श्रेष्ठले विपद् कुनै एक व्यक्ति,परिवार वा समुदायको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएको बताएका छन्। उनले विपद्का कारण कठिन परिस्थितिमा परेका नागरिकलाई सहयोग गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

नगर प्रमुख श्रेष्ठले विपद्को समयमा मानवीय संवेदना, सहकार्य र एकताको भावना अझ बलियो बनाउन नगरवासी तथा सम्बन्धित सबै सरोकारवालालाई अपिल गरेका छन्।

उनले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि भइरहेका मानवीय प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न गोलबजार नगरपालिका प्रतिबद्ध रहेको बताए।

नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति गहिरो दुःख तथा सहानुभूति व्यक्त गर्दै विपद्को समयमा संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।

प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गोलबजार नगरपालिकाले विपद् प्रभावित नागरिकको साथमा आफू सदैव रहने प्रतिबद्धतासमेत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित