मेडिकल टिम बोकेर सेनाको हेलिकप्टर बाढी प्रभावित क्षेत्रतर्फ

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

काठमाडौँ । नेपाली सेनाको एआई–१७ हेलिकप्टर इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ । सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार हेलिकप्टर मेडिकल टिमसहित जिल्ला अस्पताल त्रिशूलीतर्फ गएको हो । बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल टिम परिचालन गरिएको हो ।

यसैगरी, धुन्चे र त्रिशूलीबाट उद्धार टोलीसमेत परिचालन गरिएको सेनाले जनाएको छ। यसअघि नेपाली सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि परिचालन भइसकेका थिए ।

आज बिहान तिब्बततर्फबाट आएको बाढी रसुवाको भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिएको हो। बाढी नुवाकोट हुँदै धादिङसम्म पुगेपछि नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित