गोलबजारमा सामाजिक सद्भाव र्‍याली

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले ‘सामाजिक सद्भाव र्‍याली’ निकालिएको छ।सुनसरीको देवानगञ्ज गाउँपालिकाकाे -कप्तानगञ्जमा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि उत्पन्न तनावलाई साम्य पार्दै सामाजिक एकता र आपसी भाइचारा कायम गर्न र्‍याली निकालीए हो।
नागरिक समाज गोलबजारको अगुवाइमा निकालिएको र्‍यालीले गोलबजार बजार क्षेत्रको परिक्रमा गरेको थियो। र्‍यालीमा विभिन्न समुदायका स्थानीयवासी, नागरिक समाज, व्यवसायी तथा अगुवाहरूको सहभागिता रहेको थियो।

र्‍यालीमा सहभागीहरूले सबै समुदायलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न, आपसी सद्भाव कायम राख्न र सामाजिक एकता बलियो बनाउन आग्रह गरेका थिए।


यसैबीच, आन्दोलनपछि शान्ति-सुरक्षाको माग गर्दै बन्द रहेका मुस्लिम समुदायका पसलहरू मंगलबारदेखि खुलेका छन्। उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहका अनुसार बजारमा क्रमशः सामान्य अवस्था फर्किन थालेपछि मुस्लिम समुदायका व्यवसायीहरूले पनि आफ्ना पसलहरू सञ्चालनमा ल्याएका हुन्।


यसअघि आन्दोलनका क्रममा गोलबजारमा १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा ठूलो क्षति भएको स्थानीय व्यवसायीहरूले बताएका छन्। आन्दोलनका क्रममा करिब ५० करोड रुपैयाँ बराबरको भौतिक तथा व्यापारिक क्षति भएको अनुमान गरिएको छ।


सामाजिक सद्भाव र्‍यालीमार्फत स्थानीय अगुवाहरूले विगतका घटनाबाट पाठ सिक्दै आगामी दिनमा कुनै पनि अफवाह, उत्तेजना वा साम्प्रदायिक गतिविधिको पछि नलागी शान्ति, सद्भाव र सहकार्य कायम गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित