सिरहाकाे दुई जना सहित तीन जना खैरो हेरोइन सहित पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

541
SHARES
741
VIEWS

काठमाडौँ । प्रहरीले सिन्धुलीको भिमानबाट स्कर्टिङ गरेर लागुऔषध खैरो हेरोइन कारोबार गर्ने समूहका ३ जनालाई पक्राउ गरेको छ । मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–५ घर भएका २० वर्षीय सन्देश यादव, धनुषाको कमला नगरपालिका–७ घर भएका २० वर्षीय राहुल कुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका–६ घर भएका २० वर्षी अभिषेक कुमार साह छन्।

आरोपीहरूले आलुको बोरामा लुकाएर माइक्रो बसमा खैरो हेरोइन पठाएर दुई जनाले मोटरसाइकलमा स्कर्टीङ गरेको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए।
महोत्तरीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हाइस माइक्रोमा उनीहरुले लागुऔषध पठाएका थिए । माइक्रोमा सवार सन्देश यादवको साथबाट ब्यूरोको टोलीले ४५ ग्राम १९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

सो माइक्रोलाई अरू दुई जनाले स्कर्ट गरेर काठमाडौँतर्फ आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी ब्यूरोले ईलाका प्रहरी कार्यालय भिमानमा बुझाएको छ। रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित