सिरहामा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

सिरहा, २८ असार।
सिरहाको गोलबजार नगरपालिका ७ स्थित पुरानो चौक चोहर्वाको पशु हाटबजार परिसरमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

स्थानीय अवास शेखका १२ वर्षिया छोरी सबनम खातुन, १० वर्षिया रुबिना खातुन र ८ वर्षिय छोरा साफुल शेखको खाल्डोमा डुवेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी प्रमुख बासुदेब पाठकका अनुसार पशुबजारमा गाई बस्तुलाइ पानी खान खनेको खालडाेमा डुबेर तिनै जना बालबालिकाको मृत्युु भएको बताएका छन ।

रौतहट जिल्लाको झिङ्गहर्वा २ स्थायी घर भई गोलबजार ७ मा लामोसमयदेखि डेरागरी बस्दै आएका थिए। कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतवार दिउँसो घरबाट खेल्न निस्किएका थिए।

खेल्ने क्रममा उनीहरू उक्त खाल्डोमा डुवेको स्थानी रियाज खानले जानकारी दिए। उनीहरु डुवेको जानकारी पाउनसाथ स्थानीयले उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा पुर्याएका थिए। स्वास्थ्यसंस्थाले तीनैजनालाई मृत घोषणा गरेको छ।

प्रहरीले अझै बालबालिका डुवेको हुनसक्ने आशंकामा प्रहरीले दमकलको सहयोगमा उक्त खाल्डोको पानी फालिरहेको छ। शव पोष्टमार्टमको लागि लहान स्थित प्रादेशिक अस्पताल लहानमा राखीएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी प्रमुख बासुदेब पाठकले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित