सिरहा वन कार्यालयका कर्मचारी १२ हजारघुस रकमसहित पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

सिरहा, २३ असार। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले घुससहित सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएको छ। सेवाग्राहीसँग घुस बापत १२ हजार लिएको भन्दै प्रमुख रामकेवल राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले कर्जन्हा नगरपालिका ४ बाट मंगलबार नियन्त्रणमा लिएको हो।

कर्जन्हा नगरपालिका २ मा रहेको एक सःमिलले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको चारचार हजारका दरले घुस लिएको अख्तियारले जनाएको छ।

घुस मागेपछि सेवाग्राही अख्तियारमा पुगेका थिए। सोही अनुसार स्ट्रिङ अप्रेसन गरी आज नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको क्रममा प्रमुख यादव पक्राउ परेको बताइएको छ। अख्तियार टोलि अहिले घटना मुचुल्का लिने कार्य भईहेको जनाएको छ।

यस सम्वन्धमा डिभिजनल वन कार्यालय लहान सिरहाका प्रमुख बेचन चौधरीसँग बुझ्दा उहाँले पनि यस सम्वन्धमा भर्खरै जानकारी पाएको र कुन विषयमा कोसँग घुस लिएको हो भन्ने थप बुझ्ने प्रयास गरिरहेको जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित