गृहमन्त्री सुधन गुरुङ ‘गायब सुरक्षा संयन्त्रमा खैलाबैला

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

विराटनगर । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिईकनै कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् । सीमा क्षेत्रबाट हुने चोरी तस्करी र राजस्व चुहावटका विषयमा जनगुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न शुक्रबार साँझ कोशी आइपुगेका हुन्।

सुरक्षा स्रोतका अनुसार कोशी प्रदेशको सुनसरी र मोरङमा भए पनि उनी कहाँ छन् भन्नेबारे जानकारी छैन ।
उनी सीमा नाकाहरूको ‘छड्के’ अनुगमनका लागि आइपुगेका हुन् । केही दिनअघि मात्रै मधेस प्रदेशको पर्सा पुगेर सीमा नाकामा स्थानीयसँग चोरी तस्करीका विषयमा जानकारी लिन पुगेको भिडियो सार्वजनिक भएको थियो।

मोरङ विराटनगरस्थित दक्षिणी सीमा क्षेत्र र त्यस आसपासका अन्य नाकाहरूको समेत उनले निरीक्षण गर्ने तयारी छ । ‘गृहमन्त्रीज्यू अहिले सुनसरी आइपुग्नुभएको छ, त्यहाँको वस्तुस्थिति बुझेर मोरङ प्रवेश गर्ने तयारी छ,’ सुरक्षा स्रोतले भन्यो, ‘गृहमन्त्रीको आकस्मिक आगमन भएपछि मोरङका सुरक्षा निकायहरू अहिले हाइ अलर्टमा बसेका छन् ।

मन्त्रीको यो अप्रत्याशित भ्रमणले सीमा क्षेत्रका सुरक्षाकर्मी र प्रशासनिक अधिकारीहरूमाझ दौडादौड चलेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने, ‘गृहमन्त्री आएको कुरा थाहा छ । अहिलेसम्म कहाँ हुनुहुन्छ भन्ने थाहा छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित