भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, केही ठाउँमा आरीघोप्टे वर्षा पनि हुन सक्ने

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS
बानेश्वरमा झरि परेपछि ।

काठमाण्डाै – जल तथा मौसम विज्ञाना विभागले भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ ।

प्राधिकरणले सूचना निकालेर सर्वसाधारणलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपद्सँग जुझ्न आफूले तयारी गरिसकेको पनि बताएको हो । प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढी पहिरोजस्ता विपद् निम्तिन सक्ने चिन्ता छ ।

मौसम विभागको सूचनाअनुसार भोलि र पर्सि मनसुनी गतिविधि बढ्न गई मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ ।

बङ्गालको खाडीमा विकसित हुने न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढेको हो । केही ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढी सावधानी अपनाउन पनि भनेको छ । प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ ।

प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा ‘सेभ’ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ ।

यसपालि नेपालमा मनसुन जुन १९ मा भित्रिएको हो । औसत मितिभन्दा ६ दिनपछि भित्रिएको मनसुन प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला विभागले मुसलधारे वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित