बाँके । आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फालेर भागेका एक युवक प्रहरीले पक्राउ परेका छन् ।
यो घटना बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाको हो । असार १४ गते साँझ करिब ७ बजेको समयमा २० वर्षीय विनोद चौधरीले अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटेर मारेका थिए ।
त्यसपछि उनले लास नहरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनापछि फरार रहेका आरोपी विनोदलाई आज भारततर्फ भाग्दै गरेको अवस्थामा कोहलपुर नगरपालिका–१५ चन्हवाबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीलेले बताइएको छ ।


















Discussion about this post