मिनी ट्रकमा ७७५ किलो गाँजा, चालक पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

धनकुटा। प्रहरीले धनकुटामा मिनी ट्रकमा ओसारपसार भइरहेको ७७५ किलो गाँजा बरामद गरेको छ। प्रहरीले सोमबार बिहान साँगुरीगढी गाउँपालिका-६ कोलबोटेबाट गाँजासहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका(१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवर छन्। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१ख ४६३५ नम्बरको मिनी ट्रकका चालक कुँवरलाई गाँजासहित पक्राउ गरको हो।

उनले चलाएको मिनी ट्रकमा २५ वटा पोकामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट टोली खटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित