सिरहाबाट ब्राउन सुगरसहित ४ जना प्रहरी नियन्त्रणमा

Picture of हरियो पाटी

हरियो पाटी

546
SHARES
748
VIEWS

सिरहा,  सिरहा प्रहरीले ११ ग्राम ६७० मिलिग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म हेड क्वाटर माटरबाट खटिएको संयुक्त प्रहरी टोलिले भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सिरहा नगरपालिका १५ बुधौराबाट उनीहरुलाई उक्त परीमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

भारतबाट नेपाल तर्फ आउँदै गरेको बा. ५३ प ६६४० नम्वरको मोटरसाइकलमा संकालागि चेकजाँच गर्दा मोटरसाइकलका चालक सिन्धुलिको कमलामाई नगरपालिका ९ का २९ वर्षिय बाबुराम वि.क. र सोही नगरपालिका ४ का २४ वर्षिय समिर थापालाई ११ ग्राम ३७ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।

प्रहरीले खानतलासीको क्रममा प्लाष्टिकमा पोकापारी मोटरसाइकलको चेनकोभरमा लुकाई राखेको अवस्थामा फेला परेको जनाएको छ।

त्यसैगरी, सोही स्थानमा अर्को स. ७ प १५७ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा ६०० मिलिग्राम ब्राउन सुगरसहित सिरहा नगरपालिका १६ माडरका २० वर्षिय सन्तोष मुखिएका र अर्का एक किशोरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

खनतलासको क्रमम प्लास्टिकमा पोकोपारी मुखमा लुकाएको अवस्थामा उक्त ब्राउन सुगर फेला परेको प्रहरीको भनाई छ।

नियन्त्रणमा लिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित