नगर प्रमुखको पहलमा भुल्केमा आयो खानेपानी, दुई दशकदेखिको समस्या समाधान हुँदै

Picture of हरियो पाटी

हरियो पाटी

540
SHARES
740
VIEWS

सिरहा – सिरहाको गोलबजारमा लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका गोलबजार नगरपालिका–१, भुल्केका स्थानीयवासीमा अहिले खुसी छाएको छ। नगर प्रमुख श्यामकुमार श्रेष्ठको पहलमा गरिएको प्राविधिक अध्ययन तथा व्यवस्थापनपछि गाउँमा खानेपानी आपूर्ति सुरु भएको हो।

नगर स्तरीय योजना सञ्चालन गरिएको खानेपानी योजनाले भुल्के गाउँको दुई दशकदेखिको समस्या समाधान हुने अपेक्षा गरिएको छ। विगत २० वर्षदेखि पिउने पानीको चरम अभावका कारण गाउँ नै विस्थापित हुने अवस्था सिर्जना भएको स्थानीयहरू बताउँछन्।

यसअघि नगरपालिकाले पटक–पटक खानेपानी व्यवस्थापनको प्रयास गरे पनि विभिन्न प्राविधिक कारणले सफलता मिलेको थिएन। यसपटक भने विज्ञ टोलीद्वारा गरिएको प्राविधिक परीक्षण र आवश्यक व्यवस्थापनपछि बोरिङबाट सफल रूपमा पानी निकाल्न सकिएको हो।

नगर प्रमुख श्यामकुमार श्रेष्ठले केही दिनभित्रै “एक घर, एक धारा” अभियान अन्तर्गत भुल्केका प्रत्येक घरमा सुरक्षित खानेपानी पुर्‍याइने जानकारी दिए।

योजनाको अनुगमनका लागि नगर प्रमुखसहितको टोली गाउँ पुगेको बेला स्थानीयवासीले खानेपानी आएको देखेर खुसी व्यक्त गर्दै नगर प्रमुख तथा योजना कार्यान्वयनमा संलग्न सम्पूर्ण टोलीलाई बधाई तथा शुभकामना दिएका थिए।

स्थानीयका अनुसार वर्षौँदेखिको खानेपानी समस्या समाधान हुने चरणमा पुगेपछि गाउँमा नयाँ आशा पलाएको छ भने दैनिक जीवनसमेत सहज बन्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित