काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु‍, साढे पाँच लाख पन्छी नष्ट

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

तीन महिनाअघि देखि विभिन्न स्थानमा देखिन थालेको बर्डफ्लु हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको पशु सेवा विभागले जनाएको छ।

गत चैत ४ गतेदेखि मोरङमा बर्ड फ्लु (एच फाइभ एन वान) प्रमाणित भएको थियो। त्यसयता बर्डफ्लु नियन्त्रण तथा रोकथाम गर्ने क्रममा रोगबाट प्रभावित ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिसकिएको छ।

यस्तैगरी, ९ लाख ८९ हजार ३१३ अण्डा र १ लाख ९५ हजार ४८५ केजी दाना समेत नष्ट गरिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी गराएका छन्।

sagarmatha cement

उनका अनुसार, झापा, मोरङ र सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आइसकेको छ।

रोग नियन्त्रणका लागि गृह मन्त्रालयको समन्वयमा कोसी प्रदेशमा लगाइएको एक महिने पन्छी ओसारपसार प्रतिबन्धसमेत खुकुलो बनाइएको छ।

देशमा देखा परेको बर्डफ्लु रोग भाइरसको स्वरूपमा कुनै परिवर्तन आएको छ वा छैन भन्ने अध्ययनका लागि भाइरसको ‘सिक्वेन्सिङ’ गरी गुण परिवतन भए नभएको एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा आवश्यक कार्य थालिएको छ।

रोग पुष्टि भएका स्थानमा आकस्मिक रोग अन्वेषण टोली र द्रूत कार्यदल परिचालन गरी संक्रमित पन्छी तथा सामग्री नष्ट गर्ने काम भइरहेको विभागले उल्लेख गरेको छ।

उपत्यकाका तीनवटै जिल्ला र काभ्रेका केही स्थानमा यो रोग देखा परेकाले सुरक्षाको उपाय अपनाउन पनि विभागले अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित