भोलि बिहानदेखि मतदान (कार्यतालिकासहित)

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत भोलि (बुधबार) पहिलो चरणको मतदान सुरु हुने भएको छ।

मंगलबार केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका प्रकाशन गर्दै बुधबार बिहानदेखि मतदान हुने जनाएको हो।

पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ।

मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

उनका अनुसार दोस्रो चरणको उम्मेदवारी र अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिनेछ।

आज (मंगलबार) उम्मेदवारीहरुका प्रारम्भिक नामावली, दावी विरोध, उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशनलगायतका काम गरिनेछ। साथै मौन अवधि आजै राति पौने १२ बजेदेखि लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित