सिरहमा ब्राउनसुगर कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

सिरहा – आइतबर सिरहा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोलीलागि एक जना लागुऔषध कारोवारी घाइते भएका छन्। उनीहरुले गरेको ढुङ्गामुडा लागेर एक जना प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीको गोलीलागि लागुऔषध कारोवारी भारत विहारको मधुवनी जिल्ला पौदमहा ग्रामपञ्चायत २ जोगियाका छोटु भन्ने रञ्जित कुमार पासवानको प्रहरीको गोलि गालेर घाइते भएको छ। प्रहरीले पासवा र अर्का १६ वर्षिय बालकलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट प्लाष्टिकसहित एकसय एक ग्राम ६ मिलग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसमेत बरामद गरेको छ।

भारतीय सीमानजीक सिरहा नगरापालिका २१ लगडीगोठमा लागुऔषध कारोवार भईरहेको विशेष सुचनाको अधारमा प्रहरि पुग्दा प्रहरीमाथि उनीहरुले ढुङ्गामुडा गरेका थिए। चार-पाँच जनाको समूहमा रहेका उनीहरुले तीन चारजना मात्र प्रहरी देखेपछि ढुङ्गामुढा गरेको जिल्ला प्रहरी कार्यालय सिरहका प्रमुख एसपी एसपी वासुदेव पाठकले जानकारी दिए।

एसपी पाठकले भने, ‘प्रहरी थोरै देखेपछि उनीहरुले अट्याक गरेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फाएर गरेपछि उनीहरु भाग्न खोजे। प्रहरीले नियन्त्रणमा लिन घुडामुनि गोली प्रहार गर्यो। । गोली पासवानको पिडुलामा लागेको छ। उनको अहिले प्रादेशिक अस्पताल सिरहामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

सोही क्रममा प्रहरी जवान हृदयनारायण ठाकुर घाईते भएका प्रहरी जवनको प्रादेशिक अस्पताल सिरहामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

पासवानले नेपाली लागुऔषध कारोवारीहरुलाई सवैभन्दाधेरै ब्राउनसुगर सप्लाई गर्नेमध्येका रहेको प्रहरी श्रोतले जनाएको हो। पासवान अहिलेसम्म नेपालमा १० देखि १२ केजी ब्राउनसुगर सप्लाई गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ। प्रहरिको मस्ट वानटेडकाे सुचिमा रहेको पासवानलाई प्रहरीले खोज तलास गर्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित