सिरहा, गोलबजार । गोलबजार नगरपालिका-३ स्थित बुढाथोकी टोलमा गएराति परेको वर्षासँगै आएको चट्याङका कारण स्थानीय अर्जुन बुढाथोकीको घर तथा शौचालयमा क्षति पुगेको छ।
घटनापछि गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष धन प्रसाद लामा तथा अन्य जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा नगर प्रमुख श्रेष्ठले क्षतिको विवरण संकलन गरी नगरपालिका मार्फत आवश्यक प्रक्रिया पूरा गरेर पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिने बताएका छन्। उनले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नगरपालिका सदैव तत्पर रहेको उल्लेख गरे।
स्थानीयवासीका अनुसार चट्याङले बुढाथोकीको घर र शौचालयमा क्षति पुर्याएको भए पनि मानवीय क्षति भने भएको छैन। घटनापछि प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय तहले पहल थालेको जनाएको छ।
तेसै गरि जिल्लाको विभिन्न पालिकाहरुमा भौतिक छति भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।


















Discussion about this post