सिरहा, ६ असार। प्रेस सेन्टर नेपालका पूर्वउपाध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पत्रकार देवराम यादवमाथि समाचार लेखेकै कारण भएको आक्रमण विभिन्न पेशागत संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, संघीय प्रेस यूनियनसहितका संगठतनहरुले सडकको गुणस्तरीयतासम्बन्धी समाचार लेखेको भन्दै सप्तरीको महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवकापति सुरेन्द्र यादवको निर्देशनमा भएको आक्रमणको निन्दा गरेको हो।
गोरखापत्रका संवाददाता यादव हाल राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत छन्। उनीमाथिको आक्रमण रोक्न खोज्दा भोलीदेवी यादव र महेशकुमार यादवसमेत घाइते भएका छन्।
‘पत्रकार यादवमाथिको यो आक्रमण फौजदारी अपराधरसंविधान प्रदत्त पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीरप्रहार हो। यस घटनाले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न गराएको;’ विज्ञप्तीमा उल्लेख गरेको छ।
घटनामा संलग्न सुरेन्द्र यादवसहित सबै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रशासनसँग माँग समेत गरेको छ। दोषीमाथि शीघ्र कारबाही नभए आन्दोलनमा उत्रिन बाध्य हुने जानकारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
वित्रप्तीमा ‘पूर्ण प्रेसस्वतन्त्रताको सुनिश्चितता, पत्रकारहरुको भौतिक सुरक्षाको प्रत्याभूति तथा यस्ता घटनाको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’ भन्ने उल्लेख गरिएको छ।
पत्रकार देवराम यादवसहित सबै घाइतेहरुको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माँगसमेत गरेको छ।


















Discussion about this post