पक्राउ परेर छुटेपछि पत्रकार सम्मेलनमा सन्तोष साह-रिसइबी साध्न जनकपुर पुगेर पक्राउ गरियो

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

काठमाडौं। बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका दाबीहरू भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन्। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सेफ साहले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन्।

हदम्याद हुँदाहुँदै पक्राउ गरिएको आरोप

साहले विवादित ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध आफू उच्च अदालत जाने तयारीमा रहेको बताए। अदालत जाने हदम्याद बाँकी हुँदाहुँदै आफूलाई नियन्त्रणमा लिइएको उनको आरोप छ।

एक महिना अघि नै पक्राउ पुर्जी जारी भए पनि आफू स्वयं भद्रकालीस्थित प्रहरी परिसर पुग्दा पक्राउ नगरेर पछि जनकपुरबाट समातिएको भन्दै उनले प्रहरीको नियतमाथि समेत शङ्का व्यक्त गरे।

२ करोड २५ लाखको चर्चा झुटो, विवाद जम्मा साढे ४ लाखको

मिडियामा २ करोड २५ लाख रुपैयाँको बैंकिङ कसुर भन्दै आएका समाचारहरू सत्य नभएको उनले स्पष्ट पारे। वास्तविकताबारे प्रष्ट पार्दै उनले भने:

“हामीले सिला रेष्टुरेन्ट खरिदका लागि मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता गरेका थियौँ। म रारा ट्रेकिङमा गएका बेला मेरा दाइ र सहकर्मी साथीले सम्झौता गरेर १५ लाखको चेक दिई रेस्टुरेन्टको चाबी लिनुभएको थियो। अहिले मिडियामा आएजस्तो २ करोड २५ लाख रुपैयाँ हिनामिनाको कुरा होइन, मलाई त जम्मा ४ लाख ५० हजार रुपैयाँको चेक विवादका लागि पक्राउ गरिएको हो।”

बैंकिङ प्रणालीबाटै भुक्तानी भइसकेको दाबी

सम्पत्ति खरिदकै क्रममा आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको ४० लाख रुपैयाँ घरभाडा र २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुल समेत मिथिला थालीले सम्बन्धित पक्षलाई भुक्तानी गरेर सहजीकरण गरिदिएको उनले बताए।

पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँको विवादबारे पनि बोल्दै उनले उक्त रकम एकमुष्ट बाँकी नभई बैंकिङ प्रणालीमार्फत चरणबद्ध रूपमा भुक्तानी भइसकेको दाबी गरे।

उनका अनुसार नबिल बैंकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख रुपैयाँ तथा नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ आर्जव होल्डिङ्सकै विभिन्न बैंक खातामा जम्मा गरिसकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित