गोलबजार बाट २८ किलो गाँजासहित तीन जना पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

631
SHARES
864
VIEWS

सिरहा, इलाका प्रहरी कार्यालय गोलबजारले करिव २८ किलो प्रतिवन्धित लागु औषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गोलबजार ७ चोहर्वाबाट ५ किलो ७१५  ग्रामगँजासहित दुई जना र गोलबजारकै १० नम्वर वडाबाट २२ किलो गाँजासहित एक जनालाई सोमबार राति नियन्त्रणमा लिएको हो।

गोलबजार नपा ७ चहोर्वामा गाँजाको कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका प्रहरीले धर्मपुरबाट चहोर्वा तर्फ आउदै गरेको नम्बर नभएको इलेक्ट्रिक अटोलाई रोकि चेक गर्दा बोरा सहित ५ किलो ७१५  ग्राम गाँजा बरामद गरेको थियो। गाँजा बरामद पछि अटो चालक ३६ वर्षिय रोकेन्द्र बहादुर सुनुवार र सोही अटोको पछारी यात्रि बस्ने सिटमा बसेका भारत विहारको पटना जिल्ला धनरुवा ग्राम पंचायत बस्ने ३० वर्षिय रोहित कुमारलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएको रोहित कुमारसँगको सोधपुछपछि प्रहरी छक बहादुरको घरसम्म पुगेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख सुधन केसीले जानकारी दिए। प्रहरीले छक बहादुरको घरमा पुगेर खान तलासी गर्दा चार वटा बोराको पोकामा २२ किलो गाँजा फेला पारेको जनाएको छ।

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित