गोलबजार-११ लाई पूर्णखोप वडा सुनिश्चितता र दिगोपना घोषणा

Picture of हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

गोलबजार, सिरहा । गोलबजार नगरपालिका-११ नम्बर वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच वडालाई “पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा” गरिएको छ। बालबालिकाको सुरक्षित, स्वस्थ तथा उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले उक्त घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा बोल्दै वडा अध्यक्ष सोयव अन्सारीले पूर्णखोप सुनिश्चितता अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गरे।

उनले दिन–रात नभनी, झरी–बादल र घाम–पानीको समेत प्रवाह नगरी वडाका प्रत्येक टोल, बस्ती तथा घरदैलोमा पुगेर खोप सेवाको पहुँच विस्तार गर्न स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले गरेको अथक मेहनत, समर्पण र सेवाभावका कारण यो सफलता हासिल भएको बताए।

हाम्रा स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू समाजका वास्तविक हिरो हुन्। उहाँहरूको निरन्तर प्रयास, जिम्मेवारीबोध र समर्पण बिना पूर्णखोप वडा घोषणा सम्भव हुने थिएन,” वडा अध्यक्ष अन्सारीले भने।

कार्यक्रममा आफ्ना बालबालिकालाई नियमित खोप लगाई अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने अभिभावक, सरोकारवाला निकाय, जनप्रतिनिधि तथा सम्पूर्ण वडावासीप्रति धन्यवाद ज्ञापन गरिएको थियो।

पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणासँगै आगामी दिनमा पनि खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण निर्माण गर्न सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा कार्यक्रममा जोड दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित