गोलबजारमा किशोरी सञ्जालद्वारा १० बुँदे मागपत्र हस्तान्तरण

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

गोलबजार, जेठ २७ -सिरहा नगरस्तरीय किशोरी सञ्जाल गोलबजारले बालविवाह रोकथाम, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा महिला सशक्तीकरणलगायत विषय समेटिएको १० बुँदे मागपत्र गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ र उपप्रमुख मान्ती साहलाई हस्तान्तरण गरेको छ।

विभिन्न किशोरी समूह र बाल क्लबका १६६ जना किशोरी तथा बालबालिकाको सहभागितामा आयोजित कार्यक्रममा सञ्जालकी अध्यक्ष साक्षी साहले मागपत्र वाचन गर्दै आगामी नीति, योजना र बजेटमा किशोरीका मुद्दालाई प्राथमिकता दिन नगर प्रमुख लाइ आग्रह गरेका छन।

मागपत्रमा बालविवाह रोकथाम, विद्यालय छोडेका किशोरीको पुनः विद्यालय भर्ना, छात्रवृत्ति, किशोरीमैत्री विद्यालय,दाइजो प्रथा अन्त्य, मानसिक स्वास्थ्य सेवा,डिजिटल सुरक्षा तालिम तथा किशोरी सहभागिता सुनिश्चित गर्नुपर्ने विषय समावेश छन्।

मागपत्र बुझ्दै नगर प्रमुख श्याम कुमार श्रेष्ठले मागपत्रमा उल्लेखित विषयहरूलाई गम्भीरतापूर्वक लिँदै आवश्यक सहयोग तथा समन्वयका लागि नगरपालिका सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

किशोरी हरुका मागलाई क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, सुरक्षा र सशक्तीकरणका क्षेत्रमा आवश्यक समन्वय र सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा सहभागी किशोरीहरूले आफ्नो शिक्षा,सुरक्षा र भविष्य सुनिश्चित गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका थिए। कार्यक्रमलाई मुक्ति नेपालले प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित