गोलबजार ६ वडा कार्यालयको भवन उद्घाटन

Picture of हरियो पाटी

हरियो पाटी

537
SHARES
735
VIEWS

सिरहा, २१ बैशाख। गोलबजार नगरपालिका ६ को वडा कार्यालयले अव आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको यस वडाले आजवाद आफ्नै भवनबाट विधिवदरुपमा सेवा प्रवाह गर्ने भएको हो।

नगरपालिकाको ५० लाख लागतमा निर्माण भएको वडा कार्यालय भवनको आज नगर प्रमुख श्याम कुमार श्रेष्ठ र वडा अध्यक्ष सञ्जित लामाले संयुक्तरुपमा उद्घाटन गरेका हुन्। तीन वटा कोठा, सुविधासम्पनन् शौचालय र भर्याङ्गसहितको २ कठ्ठा क्षेत्रफलमा वडा कार्यालय भवन दुई वर्ष लगाएर निर्माण भएको वडा अध्यक्ष लामाले जानकारी दिए।

उद्घाटन समारोहका प्रमुख अतिथी तथा नगरप्रमुख श्यामकुमार श्रेष्ठले वडा अध्यक्ष लामाको व्यक्तिगत मेहनतमा दाताहरुबाट जग्गा प्राप्त गरी नगरको सहयोगमा भवन निर्माण गरेको बताए। उनले भने, ‘भाडामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो, वडा अध्यक्षले आफ्नो मेहनतमा जग्गा खोजेर भवन बनाएर कार्यालय सञ्चालन गर्नु भयो, वहाँलाई धेरै धेरै धन्यवाद छ।’

सोही क्रममा मेयर श्रेष्ठले वडा अध्यक्ष लामाले आफ्नै घर घाडामा लिएर वडा कार्यालय सञ्चालन गरेको विषयमा स्थानीय रुपमा टिक्का टिप्पनी हुँदै आएकोसमेत बताए। उनले त्यसैले पनि वडा अध्यक्षले छिटो छिटो वडाको आफ्नै भवन बनाउने कार्य गरेको बताए।

सोही क्रमममा मेयर श्रेष्ठले लामोसमयदेखि अलपत्र अवस्थामा रहेको निर्माणधिन प्रशासकीय भवनको विषयमा स्थानीय दलहरुसँगको छलफलपछि निर्णय लिने बताए। उनले भने, ‘निर्माण कम्पनीले राम्रोसँग काम गर्न सकिरहेको छैन। लामो समयदेखि अलपत्र अवस्थामा राखेको छ। पछिल्लो पटक थपीएको म्याद पनि यहि बैशाखमा सकिंदैछ। अव कसरी जानेभन्ने विषयमा म चाँडै सर्वदलिय बैठक राख्दैछु, त्यसले दिएको म्यान्डेडको आधारमा निर्णय लिन्छु।’

उद्घाटन मन्तव्यको क्रममा नेकपाका स्थानीय नेता उमेश बरालले प्रशासकीय भवनको काम सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए। उनले ‘निर्माणधिन प्रशासकीय अव आव हुने नगरसभा त्यहि भवनमा हुने गर्नेगरी काम अगाडी बढाउनु पर्यो। त्यो भवन निर्माणको ढिलाईले जग्गादाता र स्थानीय निरास भएका छन्।’

भवन निर्माणको लागि स्थानिय मिनकुमार लामाले एक कठ्ठा ५ धुर र अम्मवर कुमार लामाले १५ धुर जमिन वडाकार्यालयलाई निःशुल्क दिएका थिए। उनीहरुलाई आज उद्घाटन कार्यक्रममा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित