सिरहा । प्रहरी-प्रहरीकै बीचमा आर्थिक विवाद चर्किएको छ । यसक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाममा गरिएको आर्थिक कारोबारसँग सम्बन्धित अडियो संवाद प्रहरीस्रोतले नेपाल प्रेसलाई उपलब्ध गराएको छ ।
लेनदेनको यो विषय सार्वजनिक चर्चामा आएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, धनुषाको अपराध अनुसन्धान तथा विश्लेषण शाखामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई उक्त लेनदेनमा दोषी करार गर्ने प्रयास भयो । राणाले आफूलाई लाञ्छना लगाउने डीआईजीको प्रयासबाट जोगिन व्यापारी महासेठलाई फोन गरेको अडियो संवादमा झल्किन्छ ।
घटना के हो ?
चैत १ गते एक व्यापारीको भन्सार कारोबार नसुल्झिएको सामान वरिष्ठ सई मगरले बरामद गरे । यो खबर काठमाडौँमा उच्चपदस्थ प्रहरीसम्म पुग्यो । त्यसपछि डीआईजी थपलियाले वरिष्ठ सई मगर र सई यादवलाई जोगाउन प्रहरी चौकी फुलगाका कार्यालय प्रमुख सई टेकबहादुर कार्कीसहित सबैलाई जिल्ला तान्न आदेश दिए । जबकि, जिल्ला प्रहरीसँग उनले कुनै समन्वय गरेनन् ।
त्यसपछि अर्का व्यवसायी राजीव महासेठमार्फत व्यापारीहरुसँग ‘कुरा मिलाउन’ थालियो । यसबारे केही मिडियामा चर्का भयो । त्यसपछि उक्त कार्य जिल्ला प्रहरीको टोलीबाट भएको भन्दै डीआईजी थपलिया आफू जोगिन खोजेका छन् ।
वरिष्ठ सई राणाले व्यवसायी महासेठलाई गरेको फोनमा उनले डीआईजीको नाममा सई यादवले रकम लगेको स्वीकार गरेका छन् । डीआईजी थपलिया भन्छन्-यो (अडियो) कसले, कसरी बनायो, मलाई थाहा भएन । जसले बनायो, उनीहरूलाई सोध्नुपर्छ । नेपाल प्रेस बाट


















Discussion about this post