सिरहा-नयाँ सरकार गठन र सांसदहरूको सपथ ग्रहणको तयारी चलिरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादव भारत पुगेका छन् । यादव नेपाल एयरलाइन्स को आरए–२१७ उडानमा हिजो साँझ नयाँ दिल्ली पुगेका हुन्।
समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य बनेका उनी सपथअघि नयाँ दिल्ली पुगेपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उनको यात्रालाई लिएर अनेक चर्चा चलाइएको छ । यादवले भने आफू स्नातकोत्तर तहमा भर्नाका लागि मात्र भारत गएको स्पष्ट पारेका छन्। उनले भने, ‘व्यक्तिगत शैक्षिक कारणले गरिएको यात्रा हो ।’
जेन–जी अभियन्ता भनिएका उनी चुनावअघि मात्रै रास्वपा प्रवेश गरेका थिए । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको सपथ पर्सि दिउँसो २ बजे हुँदैछ । त्यसको भोलिपल्ट प्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम छ ।


















Discussion about this post