सिरहामा उम्मेदवारलाई ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी 

Picture of हरियो पाटी

हरियो पाटी

537
SHARES
735
VIEWS

सिरहा – जिल्ला निर्वाचन कार्यालय सिरहा ले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गरेको छ।
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिबाट ३० दिनभित्र खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने बताइएको छ।
सिरहाका निर्वाचन क्षेत्रहरूमा परिणाम घोषणा भएको मिति यसप्रकार छः
क्षेत्र नं. १ – २०८२ फागुन २४ गते
क्षेत्र नं. २ – २०८२ फागुन २३ गते
क्षेत्र नं. ३ – २०८२ फागुन २४ गते
क्षेत्र नं. ४ – २०८२ फागुन २३ गते
कार्यालयका अनुसार उम्मेदवारहरूले निर्वाचन खर्चको विवरणसहित खर्च सार्वजनिक गरेको निवेदन, खर्च सार्वजनिक गरिएको स्थान खुल्ने स्क्रिनसट वा सम्बन्धित कागजात तथा उम्मेदवारको पत्रको छायाप्रति संलग्न गर्नुपर्नेछ जनाएको छ।
उक्त कागजात उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय सिरहा को प्रशासन शाखामा बुझाउन आग्रह गरिएको जिल्ला निर्वाचन कार्यलय सिरहाले जनाएको छ।
कार्यालयले तोकिएको समयभित्र खर्च विवरण नबुझाए कानुनअनुसार कारबाही हुन सक्ने समेत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित