प्रेमिका भेट्न गएका युवकको बीभत्स हत्या, तीन जना नियन्त्रणमा

Picture of हरियो पाटी

हरियो पाटी

534
SHARES
731
VIEWS

कुटपिटपछि सुमितलाई मोटरसाइकलमा राखेर डेढ किलोमिटर टाढा खेतमा लगेर घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
फागुन, – जनकपुरधाम । धनुषामा प्रेम सम्बन्धकै कारण एक युवकको निर्मम हत्या भएको खुलेको छ । बिहीबार दिउँसो ४ बजे औरही गाउँपालिका–६ को खेतमा मृत भेटिएका हंसपुर नगरपालिका–९ रुदौलीका १९ वर्षीय सुमित मण्डलको प्रेम सम्बन्धकै कारण हत्या भएको खुलेको हो ।

मण्डलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो । घाँटी अगाडिबाट धारिलो हतियार प्रयोग गरेर रेटेको र शरीरका अन्य भागमा समेत कुटपिटका गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीले शुक्रबार हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको छ ।

धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले मृतक मण्डलको हंसपुर–६ की एक १७ वर्षीय किशोरी काजलकुमारी मण्डलसँग प्रेम सम्बन्ध रहेको खुलेको बताए ।

हत्या आरोपमा प्रहरीले काजलसहित उनका दाजु २० वर्षीय दिपेशकुमार मण्डल र काका २९ वर्षीय परमेश्वर मण्डललाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा सुमित र काजल एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको प्रहरीले जनाएको छ । बुधबार काजलको घरमा कोही नभएको मौका पारेर सुमित उनलाई भेट्न पुगेका थिए ।

सुमित घरभित्र प्रवेश गरेपछि काजलका काका परमेश्वरले थाहा पाए । त्यसपछि उनले सुमितलाई नियन्त्रणमा लिएर काजलका दाजु दिपेशलाई बोलाएका थिए ।

दुवै मिलेर सुमितका हात पछाडिबाट डोरी र गम्छाले बाँधी कुटपिट गरे ।कुटपिटपछि सुमितलाई मोटरसाइकलमा राखेर डेढ किलोमिटर टाढा खेतमा लगेर घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीले हत्या गर्न प्रयोग गरिएको खुकुरी, मोटरसाइकल तथा अन्य सामग्री बरामत गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित