सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

सिरहा । सिरहाको गोलबजार नगरपालिका-२ गुरुधाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपर सफा गर्ने क्रममा टिपरको हाइड्रोलिक भाग माथि उठाउँदा ११ केभी विद्युत् लाइनमा छोइएपछि टिपरमा करेन्ट प्रवाह हुँदा टिपर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय सन्तोष साह रहेका छन्। उनको शुक्रबार बिहान मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपर सफा गरी पानी ओछ्याउने क्रममा टिपरको ढाला (हाइटोली) उठाउँदा पछाडिको भाग माथि

रहेको विद्युत् तारमा छोइएपछि करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि गोलबजारस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

विद्युत् सर्टका कारण टिपरको केही भागसमेत जलेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित