सिरहा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केपी ओली प्यानल हबाट केन्द्रीय सदस्य खुला तर्फ लिलानाथ श्रेष्ठ १५६४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ।
मधेश प्रदेश इन्चार्जसमेत रहनु भएका श्रेष्ठ संगठन, संघर्ष, संसद र सरकार–सबै क्षेत्रमा अनुभव हासिल गरेका नेता हुनुहुन्छ। सिराहा जिल्लाको गोलबजार–७ स्थायी घर भएका उहाँले २०३७ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो।
अनेरास्ववियू, युवा संघ हुँदै पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएका श्रेष्ठ नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य, पछि पोलिटब्युरो र हाल स्थायी कमिटी सदस्यका रूपमा सक्रिय रहनुभएको छ। दुई पटक प्रतिनिधि सभा सदस्य र पाँचवटा मन्त्रालयको नेतृत्व गरिसक्नुभएको उहाँ पार्टी एकता, संगठन सुदृढीकरण र जनविश्वासलाई प्राथमिकतामा राख्ने नेताका रूपमा परिचित हुनुहुन्छ।


















Discussion about this post