कपिलवस्तु , मंसिर २३/ जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अकरम पठानले मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मददीन संग भेटघाट गरि विभिन्न बिषयमा ध्यानाकर्षण गराएका छन्।
अध्यक्ष पठानले कार्यवाहक अध्यक्ष तथा सदस्य संग भेटघाट गरि मस्जिद , ईदगाह, क़ब्रिस्तान हरूको अवस्थाका बारेमा विधिवत
विचार गरि आवश्यक सुधार तथा मुस्लिम समुदायका उत्तथानका बारेमे सबै मुस्लिम समुदाय लाग्नु पर्ने सम्बन्धी ध्यानाकर्षण गराएका थिए।
अध्यक्ष पठानले मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मददीन तथा सदस्य मोहम्मद शमशुल हक लाई खांदा माला लगाई सम्मान समेत प्रकट गरेका थिए।
अध्यक्ष पठान लगायत असलम खान, नदिम इदरिसी लगायतको उपस्थितमा मुस्लिम समुदायको उत्तथानका लागि ध्यानाकर्षण गराइएको थियो।


















Discussion about this post