सिरहा, २२ मंसिर। सिरहाको कर्जन्हामा १८ बर्षिया किशोरीको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ। छिमेकीको घरमा मोबाइल चार्ज गर्न निस्केकि कर्जन्हा नगरपालिका १ बल्डियाका सूर्यनाथ बैद्य (मुसहरु)की १८ वर्षीया छाेरि अबिना दनुवार (काली)को शव हत्या गरी फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित नेपाल राष्ट्रिय फूलकुमारी महतो माध्यमिक विद्यालयको प्राङ्गण नजीकै फेला परेको हो।
मृतक दनुवारको सरीरका विभिन्न भागमा गाउँ–चोट लागेको र शव भेटिएको भन्दा करिव ५० मिटर पर उनले लगाएको कपडा र जुत्ता फेला परेको स्थानीयले जनाएको छ। उनकोसरीर लगभग नाङ्गो अवस्थामा रहेको प्रत्यक्ष दर्शिले जानकारी दिए। जिल्ला प्रहरी कार्यलय सिरहाका अनुसार गुप्ताङ्ग सहित सरीरको विभिन्न भागमा गाउँ चोट देखिएको छ।
स्थानीले झाडीमा शव देखेपछि प्रहरीलाई अवर गरेका थिए। घटनास्थलको सवै कानुनी प्रकृया पुरा गरेर शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए।
प्रहरीका अनुसार सोमबार अपरान्ह दनुवारको शव शंकास्पद अवस्थामा फेला परेकाले प्रहरीले घटनास्थललाई घेराबन्दी गरी प्रारम्भिक अनुसन्धान पछि थप अनुसन्धानकालागि तालिमप्राप्त कुकुर ल्याईएको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको स्थानियले बताएको छ। तर प्रहरीले यस सम्वन्धमा केही बताउन चाहेन।
प्रहरीले घटना संङ्का स्पद भएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ।
















Discussion about this post