सबै प्रदेशमा समीकरण परिवर्तनको सुरुवात हुने छ ,प्रचण्ड

हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

जनकपुर धाम। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा तथाकथित समीकरण टुटेको बताएका छन्। उनले अब अन्य प्रदेशमा पनि यस्तो समीकरण परिवर्तनको सुरुवात हुने बताए।

जनकपुरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एमाले र काँग्रेसको गठबन्धन तोडेर मधेस प्रदेशले ठुलो सन्देश दिएको बताए। उनले मधेसवादी दल र नेकपाको सहयोगमा मधेस प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनेको उल्लेख गरे।

संयोजक प्रचण्डले अब अन्य प्रदेशमा पनि यस्तै समीकरण बन्ने आह्वान गरे। उनले हिमाल, पहाड र तराईको एकताले मात्र प्रतिकृयावादीलाई समाप्त गर्न सकिने भन्दै यो काम कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने दाबी गरे। देश अप्ठ्यारो स्थितिमा रहेकोले कम्युनिस्ट पार्टी एकताबद्ध भएको र देशलाई समृद्धितर्फ अगाडि बढाउन अन्य कम्युनिस्ट पार्टीहरू पनि एकतामा आउनुपर्ने बताए। उनले एमालेमा रहेका देशभक्त शक्तिहरू पनि यो एकतामा समाहित हुने विश्वास व्यक्त

प्रचण्डले आफू मधेसी जनताको मतबाट प्रधानमन्त्री बनेको स्मरण गर्दै मधेसी जनताप्रति अझै आफ्नो विश्वास रहेको बताए।

उनले मधेसलाई अन्नको भण्डार बताउँदै यो क्षेत्रमा एउटा आधुनिक कृषि क्रान्ति हुन आवश्यक रहेकोमा जोड दिए। सिँचाइ, मल, बिउको उचित व्यवस्था गरी कृषिसँग सम्बन्धित उद्योग स्थापना गर्ने लक्ष्य रहेको उनले बताए।

जबसम्म मधेसमा कृषिमा विकास हुँदैन तबसम्म यो क्षेत्र समृद्ध नहुने,” उनले भने। विदेशमा धेरै मधेसी युवा दुःख पाइरहेकाले अब उनीहरूलाई फर्काउने गरी मधेसमा कृषि क्रान्ति गर्नुपर्ने धारणा उनले राखे। उनले फास्ट ट्र्याक निर्माणमा आफूले लिएको पहलले थुप्रै काम भएको र हुलाकी सडकको पनि धेरै काम भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित