गोलबजार नगरपालिकाकाे ४ जना अवकाशप्राप्त कर्मचारीलाई सम्मानपूर्वक बिदाइ

Picture of हरियो पाटी

हरियो पाटी

580
SHARES
795
VIEWS

सिरहा । गोलबजार नगरपालिकाले आफ्नो सेवा अवधि पूरा गरेका ४ जना अवकाशप्राप्त कर्मचारीलाई सम्मान सहित बिदाइ गरेको छ। नगरपालिका अनुसार कृषि शाखा प्रमुख तथा वडा सचिव सहितका कर्मचारीहरूलाई नगरपालिकाले सममानपूर्वक बिदाइ गरेको हो। कृषि शाखा प्रमुख रामनारायण महतो
प्रशासन शखाका राज प्रसाद लामा वडा नम्बर ११ का वडा सचीव दुखी पण्डित र वडा नम्बर २का  वडा सचीव राम किशोर पण्डित लाई नगरपालिकाले सममान गरेका छन ।

कार्यक्रममा नगर प्रमुख श्याम कुमार श्रेष्ठले अवकाशप्राप्त कर्मचारीहरूले आफ्नो कार्यकालभर जनताको सेवामा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए। उनले नगर विकास, सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा दिएका योगदानप्रति नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै सफल, स्वस्थ र सुखद अवकाश जीवनको शुभकामना व्यक्त गरे।
नगरपालिकाले अवकाशप्राप्त कर्मचारीहरूप्रति कृतज्ञता प्रकट गर्दै प्रतीकात्मक सम्मानपत्र र उपहार प्रदान गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित