सिरहामा अपराध रोक्न सीमाबासीसँग सशस्त्र प्रहरी

हरियो पाटी

हरियो पाटी

537
SHARES
735
VIEWS

सिरहा, २८ कार्तिक।
सिरहा  सशस्त्र प्रहरीले अपराधी गतिविधि रोकन सीमाबासीसँग सशस्त्र प्रहरीले अन्तकृया कार्याक्रम सुरुगरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा सिरहा स्थित सशस्त्र प्रहरी बल नेपाल नम्वर ७ गण हेड क्वाटर सनहैठा कार्यालय परिसरमा अन्तकृया सम्पन्न भएको हो।

सीमामा हुने चोरी पैठारी सीमा अतिक्रमण अपराध नियन्त्रण,  मानव तस्कर नियन्त्रणजस्ता विषयमा स्थानीय जनप्रतिनिधीहरुसँग छलफल भएको जनाएको छ।
साथै राजस्व वृद्धि सुचना आदान प्रदान सीमामा हुनसक्ने समस्याहरूको समाधानका लागि स्थानीय जनमानससँग सशस्त्र प्रहरीको सहकार्य विषयहरुमा छलफल भएको छ।

छलफल कार्यक्रममा छिन्नमस्ता बाहिनीका सहायक बाहिनीपति, सीमासँग जोडिएका स्थानीय पालिका प्रमुखहरु सिमा सहजिकरण समिति र नम्वर ७ गणका गणपति तथा भारत सीमासँग जोडिएका वडाका वडाध्यक्षहरू र प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख र बीओपी प्रमुखहरूको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ७ गण हेड क्वाटर सिरहा  सनहैठाका सुचना अधिकारी बालकृष्ण श्रेष्ठले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित