धनुषामा बसको ठक्करबाट अटो रिक्सामा सवार चार जनाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

सिरहा, १६ कार्तिक। धनुषामा यात्रुबाहक बसको ठक्करबाट अटो रिक्सामा सवार एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा थप दुई  बालबालिका गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढी जाँदै गरेको सु. प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका करिव ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख इन्सपेक्टर लक्ष्मण सोतीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन्।उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित