गृहमन्त्री लेखकले दिए राजीनामा

Picture of हरियो पाटी

हरियो पाटी

527
SHARES
722
VIEWS

काठमाडौं गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले बताए।

जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए।सो क्रममा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको थियो।

गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए।

उक्त बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट आफू दु:खी रहेको र नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए। लगत्तै उनी बालुवाटार पुगेर पदबाट राजीनामा दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित