आज श्रीकृष्ण जन्माष्टमी मनाउदै

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
725
VIEWS

सिरहा, आसिन ३१ – श्रीकृष्ण जन्माष्टमीको अवसरमा सिरहाको गोलबजारस्थित विभिन्न निजी विद्यालयहरूले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी पर्व मनाएका छन्।

विद्यालयहरूले विद्यार्थीहरूलाई भगवान श्रीकृष्ण र राधाको भेषमा सजाएर सोरुम (प्रदर्शनी) आयोजना गरेका थिए। यसै क्रममा बालबालिकाले नृत्य, भजन–कीर्तन, माटकी फुटाउने लगायतका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरूले बालबालिकामा धार्मिक संस्कार, नैतिक शिक्षा र सांस्कृतिक चेतना जगाउने उद्देश्य राखिएको छ। अभिभावकहरू समेत विद्यालयमा उपस्थित भई आफ्ना सन्तानको प्रस्तुतिमा सहभागिता जनाएका थिए।

स्थानीय स्तरमै भव्यताका साथ मनाइएका कार्यक्रमले विद्यालय परिसर उत्सवमय बनेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित