बलान नदीमा नुहाउने क्रममा १४वर्षय बालक बेपत्ता

Picture of हरियो पाटी

हरियो पाटी

528
SHARES
723
VIEWS

सिरहा,सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका-३, परीयारपुरका घनश्याम यादवका १४ वर्षीय छाेरा घनश्याम कुमार यादव बलान नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।

स्थानीयका अनुसार आज दिउँसो साथीहरूसँग नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी पानीको तीव्र बहावमा हराएका हुन्।

घटना लगत्तै स्थानीयवासी र प्रहरीको टोलीले खोजी कार्य जारी राखेका छन्। अहिले पनि उद्धार टोली नदीको आसपास क्षेत्र तथा सम्भावित स्थानमा खोजी जारी राखेको जिल्ला प्रहरी कार्यलय सिरहा सूचना अधिकारी बिरेन्द्र पासवानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित