एजेन्सी । भारतमा इन्डियन प्रिमियर लिग (आई.पी.एल.) विजेता टिम रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को विजय जुलुसमा भागदौड मच्चिदा ११ जनाको मृत्यु भएको छ ।
भागदौडमा १५ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आरसीबी आईपीएल विजेता बनेको खुसीयाली मनाउन रंगशालामा हजारौं समर्थक जम्मा भएका बेला चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिएको हो । विजेता टिम तोकिएको समयभन्दा केही ढिला गरेर चिन्नास्वामी स्टेडियममा पुगेको थियो ।
टोली पुग्नासाथ भीडले आरसीबी, आरसीबी र कोहली, कोहली भनेर नारा लगाएका थिए । विराटले समर्थकहरुतिर हेर्दै ट्रफीलाई चुमेका थिए । घटना स्थलमा लाखौँ मानिसहरूको भीड भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिसहरु अत्यधिक भिडका कारण बेहोस भएका थिए । कर्नाटक प्रदेश सरकारका उपमुख्यमन्त्री डीके शिवकुमारले सामाजिक सञ्जाल मार्फत घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् ।
१८ वर्षमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेर पहिीलो पटक उपाधि हात पारेको हो ।


















Discussion about this post