हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

Picture of हरियो पाटी

हरियो पाटी

543
SHARES
744
VIEWS

गोरखा– चर्चित कार्यक्रम ‘हेर्ने कथा’ले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् ।

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।

उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन् ।

१० वर्षको उमेरमा घरबाट हिँडेका प्रकाश काठमाडौंबाट हराएका थिए । त्यसपछि उनी काठमाडौंबाट गोरखाको चुम भ्याली पुगेका थिए । जहाँ उनले ३३ वर्षदेखि टासी लामाको गोठालोका रुपमा काम गरेर जीवन बिताए ।

लामो समय गोठालो जीवन बिताएर अनागरिक रहेका प्रकाशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने इच्छा जाहेर गरेका छन् । गाउँपालिका अध्यक्ष लामाले प्रकाशलाई प्रधानमन्त्रीसँग भेटाउने तयारी भएको बताएका छन्।

प्रकाश चुमनुब्रीबाट हिँडेपछि पहिले काठमाडौं पुग्ने भएका छन् । जहाँ उनलाई प्रधानमन्त्री ओलीसँग भेटाउने कार्यक्रम बनाइएको छ । त्यसपछि उनलाई भोजपुर पठाएर नागरिकता बनाइदिने तयारी गरिएको छ ।

उता भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले साङ्पाङस्थित उनको घरैमा पुगेर नागरिकता बनाइदिने, बृद्ध बुवाको उपचार गरिदिने र गाउँमै रोजगारीका लागि पहल गरिदिने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित