नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले सत्ता गठबन्धन सरकारमा सहभागी नहुने बताएका छन्। बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सत्ता गठबन्धनमा सहभागी नहुने बताएका हुन्।नागरिक उन्मुक्तिको सांसद संख्या थोरैमात्र भएको बताउँदै अहिले नै सरकारमा सहभागी नहुने अध्यक्ष चौधरीले बताए।

‘अबको सत्ता गठबन्धन सरकारमा हामीले धेरै विचार विमर्श गरी विवेक पुर्‍याएर मात्रै सहभागी हुनुपर्छ। हामीभन्दा ठूला दलहरूलाई नियाल्यौं। एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी, नेपाली कांग्रेस सबै पार्टीको अवस्था हेर्‍यौं,’ उनले भने, ‘यसो हेर्दा हामीलाई लाग्यो, हामी त सानो पार्टी जम्मा संघमा चार जना, प्रदेशमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश गरेर जम्मा १२ जना सांसद छन्। त्यसकारण हामी पर्खिन्छौं।’

यसअघिको गठबन्धन सरकारमा नागरिक उन्मुक्ति पार्टीकी तत्कालीन अध्यक्ष समेत रहेकी रञ्जिता चौधरी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन्।

गठबन्धन परिवर्तन भएसँगै उनी पनि बाहिरिएकी हुन्। मन्‍त्रालयको जिम्मेवारी दिएकाले रेशम चौधरीले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद समेत दिए। चौधरीले बुधबार दिउँसो ४ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा बोलाएको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित