सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

573
SHARES
785
VIEWS

सिरहा २८ माघ / सिरहाको सदरमुकाम सिरहा बाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका–७ स्थितबाट एकथान कटुवा पेस्तोल सहित औरही गाउँपालिका–४ कमलपुरका २१ वर्षीय सरोज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम सिरहामाडेरा गरी बस्दै आएका औरही गाउँपालिका–३ का २२ वर्षीय संजित कुमार यादव सँग विवाद हुदैगर्दा वडाप्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई खान तलासी गर्दा सरोजको साथबाट कटुवा पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । उनीमाथि अनुसन्धान भईरहेको र हातहतियार अन्तर्गत मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रकिन्द्र राज पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित