जेलबाट छुटे लगतै खाँण बगलामुखी मन्दिर किन पुगे

Picture of हरियो पाटी

हरियो पाटी

532
SHARES
729
VIEWS

पूर्व गृहमन्त्री बालकृष्ण खाँण छुटे लगतै ललितपुरस्थित बगलामुखी मन्दिरमा पुगेका छन्।

शुक्रबार साझ खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडे लगतै उनी सिधै बगलामुखी मन्दिर पुगेका हुन्।

आज बिहानैदेखि रिहाइको पक्रियामा रहेका खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। त्यसपछि भने उनलाई सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएको छ।  त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका उनलाई आयोगले साधारण तारेखमा छाडेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण पक्राउ परेका थिए। खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो। खाँणसहित प्रकरणमा मुछिएका पूर्व मन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई  १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौँले आदेश दिएको थियो।

त्यो विरुद्ध खाँणसहितका आरोपीहरू उच्च अदालत, पाटन गएका थिए। उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा १५ मंसिरमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। खरेलले तत्काल उनी निर्दोष छन् आधारहरू नदेखिएको भन्दै छाड्नु नहुने राय दिएका थिए। त्यसपछि बिहीबार तेस्रो न्यायाधीश कहाँ पेश हुँदा उनलाई छाड्ने आदेश सदर भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित