टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

जेठ १ काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा स‌ंलग्न रहेको आरोपमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।काठमाडौं जिल्ला अदालतले सोमबार तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

उनीसँगै यस प्रकरणमा पक्राउ परेका अन्य १२ जनालाई बुधबार पुन:अदालतमा उपस्‍थित गराउनुपर्नेछ।सरकारी वकिल कार्यालयले यसको अनुसन्धान चार दिनमै सकाएर मिसिल बुझाउन निर्देशन समेत दिएको छ। यता अहिले पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान भइरहेको छ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी पनि हिरासतमा छन्।

उनीहरूमाथि प्रहरीले संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित