राष्ट्रपतिले जारी गरे मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

बैशाख २० काठमाडौं – सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेशमार्फत कानून ल्याएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन्।

सो अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको जानकारी दिए।

सरकारले यसअघि १९ चैतमा आन्दोलनमा उत्रिएका मिटरब्याजपीडितहरूसँगको सम्झौताका क्रममा फास्ट ट्र्याकबाट कानून ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनेको थियो भने लगत्तै बसेको मन्त्रिपरिषद बैठकले कानून बनाउने निर्णय गरेको थियो।

मिटरब्याजपीडितका मागबारे उजुरी लिन र अनुसन्धान गर्न सरकारले तीन सदस्यीय आयोग गठन गरी आयोगले कामसमेत थालिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित