गोलबजारमा एक सय छ जनाले गरे रक्तदान

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

सिरहा, ८ चैत। उद्योग व्यापार संघ गोलबजारको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। व्यापार संघको आयोजना र नेपाल रेडक्रस सोसाईटी लहानको सहयोगमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा एक सय ६ जनाले रक्तदान गरेका हो।

सवारी दुर्घटना तथा विभिन्न विरामीको जीवन रक्षाको निम्ति रगत चाहिने अवस्थामा रगत आवश्यक पर्ने भएकाले व्यापार संघले रक्तदान कार्यक्रममको आयोजना गरेको व्यापार संघका अध्यक्ष विजय साहले हरियाेपाटी लाई  जानकारी दिए।

रक्तदान कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री सत्रुधन प्रसाद सिंह कोईरी, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर टुपेन्द्र बुढाथोकी सहितका प्रहरीहरु, उद्योग व्यापार संघका अध्यक्ष विजय साह  सहित युवा व्यवसायीहरुले रक्तदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित