काठमाडौँ — नेपाली अदक्ष श्रमिकको आकर्षक गन्तव्य मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । अब नेपाल र मलेसिया सरकारबीच श्रमिक पठाउने म्यानपावर कम्पनीको विवाद समाधान नभएसम्म मलेसियाको रोजगारी खुल्ने छैन ।
मलेसियाले १५ असोजदेखि नयाँ श्रमिकको बायोमेडिकल (स्वास्थ्य परीक्षण) गर्न बन्द गरेपछि नयाँ भिसा (कलिङ भिसा) जारी हुन रोकिएको हो । मलेसिया सरकारको ‘फरेन वर्कर सेन्टरलाइज म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपालका ३६ स्वास्थ्य परीक्षण संस्थाले स्वास्थ्य परीक्षण रिपोर्ट जारी गरेपछि मात्रै मलेसियाको भिसा जारी हुन्छ । एफडब्लूसीएमएस सञ्चालन गर्ने जिम्मेवारी पाएको वेस्टिनेट एसडीएनले नेपालका लागि सूचीकृत २५ म्यानपावर कम्पनी (मलेसियाबाट प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी मान्यताप्राप्त) का तर्फबाट बायोमेडिकल दर्ता गरेपछि मात्रै स्वास्थ्य परीक्षण हुने जनाएको छ ।
वेस्टिनेट कम्पनीले प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सीको सक्रियता भएपछि मात्रै नयाँ मेडिकल दर्ता हुने उल्लेख गरेको छ । ‘१५ असोजदेखि मलेसिया जाने श्रमिकको बायोमेडिकल गरेका छैनौं,’ एक स्वास्थ्य व्यवसायीले भने, ‘यो परीक्षण मलेसियाको भिसाका लागि चाहिन्छ । अब नयाँ प्रणालीमा लागू हुने जानकारी आएको छ ।


















Discussion about this post