गोलबजारमा वडास्तरीय फुटबल प्रतियोगिताको पहिलो खेलमा वडा नं. १ विजयी

Picture of हरियो पाटी

हरियो पाटी

511
SHARES
700
VIEWS

सिरहा । सिरहाको गोलबजार नगरपालिकामा आजदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले गरेका छन्।

उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठसहित वडा अध्यक्ष देव बहादुर मगर,वडा अध्यक्ष सुखामहतो लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताअन्तर्गत आज भएको वडा नं. ४ र वडा नं. १ बीचको खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा वडा नं. १ ले वडा नं. ४ लाई १–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख श्यामकुमार श्रेष्ठले खेलकुदले युवामा अनुशासन, आपसी सद्भाव र एकताको भावना विकास गर्नुका साथै शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए।

उनले स्थानीयस्तरमा लुकेर रहेका प्रतिभावान् खेलाडीको पहिचान र विकासका लागि यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुने उल्लेख गर्दै खेलकुदको विकासमा नगरपालिकाले प्राथमिकता दिने बताए।

नगर प्रमुख श्रेष्ठले प्रतियोगिताले विभिन्न वडाका खेलाडीबीच आपसी सम्बन्ध, भाइचारा र प्रतिस्पर्धात्मक भावना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वडास्तरीय प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नगरमा फुटबल खेलको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित