सिरहा । सिरहाको गोलबजार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन तथा शैक्षिक सामग्री वितरण गर्नुअघि नगरपालिकाको पूर्वस्वीकृति लिन अनिवार्य गरेको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सबै सामुदायिक विद्यालय, मदरसा तथा बालविकास केन्द्रलाई पत्राचार गर्दै नगरपालिकाको अनुमतिबिना यस्ता गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको हो।
शाखाका अनुसार कुनै पनि संघसंस्था वा व्यक्तिले विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा शैक्षिक सामग्री वितरण गर्न चाहेमा नगरपालिकाको कार्यालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ।
विद्यालयमा सञ्चालन हुने शैक्षिक गतिविधि तथा सामग्री वितरणलाई व्यवस्थित र समन्वयात्मक बनाउन यस्तो व्यवस्था गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुबोधकुमार लामाले जनाएका छन्।


















Discussion about this post