जबरालाई आक्रमण हुनसक्ने सूचना आएपछि सुरक्षाको लागी प्रहरी कार्यालयमा ?

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गएराति प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको थियो ।  उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी नेतृत्वको टोलीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको हो ।

जबरालाई ‘आक्रमण हुनसक्ने’ सूचना आएपछि सुरक्षाको लागी प्रहरी कार्यालयमा ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

प्रहरी स्रोतले उनीबिरुद्ध उजुरी परेको बताए पनि खड्काले पूर्व प्रधानन्यायाधीशविरुद्ध कुनै उजुरी नपरेको दाबी गरेका छन् । खड्काले भने, ‘जेनजी युवाहरूबाट राति नै आक्रमण हुनसक्ने सुरक्षा विश्लेषणपछि हामीले सुरक्षाको लागी प्रहरीकहाँ ल्याएका हौँ ।’

उनी २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । उनीबिरुद्धको महाअभियोग पारित भएन । तर, महाअभियोग दर्ता भएपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले पनि जबरालाई सुरक्षा चुनौती देखिएपछि सुरक्षाको लागि प्रहरी कार्यालयमा ल्याइएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित