टिचिङको शवगृहबाहिर फोटो खोज्दै परिवार र आफन्त, ‘शव नभेटिँदासम्म आस मरेको छैन’ (तस्बिरहरू)

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को शवगृहबाहिरको भित्तामा यतिबेला दुईथरी फोटो टाँसिएका छन्–भेटिएका शवका र बेपत्ता भएका व्यक्तिका।

भोटेकोशी बाढीपछि बेपत्ता आफन्तको खोजीमा आएका मानिसहरू ती फोटो एक–एक गरी नियाल्छन्। कुनै फोटोमा आफ्ना आफन्तको अनुहार भेटिन्छ कि भन्ने आशामा उनीहरू घण्टौँसम्म शवगृहबाहिर बसिरहेका देखिन्छन्।

घाइते तथा उद्धार गरिएकाहरूको सूचीमा आफन्तको नाम नभेटिएपछि उनीहरूका लागि खोजीको अन्तिम आशा बनेको छ, टिचिङ अस्पतालको यही शवगृह।बुधवारदेखि आफन्त बेपत्ता छन्। दिन बित्दै गए पनि कुनै खबर नआएपछि परिवारका सदस्यहरू शवगृहमा भेटिएका शवका फोटो हेर्दै आफन्तको खोजी गरिरहेका छन्।

आज पाँच दिन भइसक्यो। कतैबाट पनि केही खबर आएको छैन। शव (लास) नभेटिँदासम्म सास अझै छ कि भन्ने झिनो आसमा हामी छौँ,” बेपत्ता आफन्तको खोजीमा टिचिङ अस्पताल पुगेका एक सदस्यले रातोपाटीसँग भने।

बाढीले आफन्त खोसेर लगे पनि उनीहरूको आशा भने अझै बाँकी छ–सायद कतै जीवितै भेटिएलान् कि, अथवा कुनै खबर आउला कि भन्ने। रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित